कांग्रेस नेतृत्वमै सरकार बन्ने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको दावी
काठमाडौं, असार २५, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अबको दस दिनभित्र राष्ट्रिय सहमति बन्ने तथा कांग्रेस नेतृत्वमै सरकार बनाउन गृहकार्य समेत भईरहेको बताउनु भएको छ ।
आज राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर विद्यमान राजनीतिक गतिरोध अन्त गर्नुपर्ने बताउनु भयो उहाँले सहमतिको विकल्प नभएको भन्दै कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा बताउनु भयो ।
उहाँले कांग्रेस नेतृत्वमा सरकार बन्ने ठोस सहमति भएमा १ घण्टामानै प्रधानमन्त्रीको उम्मेदवार सर्वसम्मत चयन गरिने समेत बताउनु भयो । कांग्रेस संविधानसभा पुनःस्थापनाको पक्षमा नभएको बताउँदै पार्टीभित्र पुनःस्थापनाबारे बहस उठेको मात्रै जिकीर गर्नुभयो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै उहाँले पूर्व राजालाइ दिइआएको सुविधा समेत खोस्नुपर्ने बताउनु भएको थियो ।


