क्रूजले केटीको जीबनमा धेरै कुरामा रोक लगाएका थिए !
न्यूयोर्क, हलिउड अभिनेता टम क्रूजले केटी होम्सको जीवनमा धेरै कुरामा रोक लगाएको कुरा चर्चामा आएको छ । टमले केटीलाई उनका सह-कलाकारहरूसंग फोटो खिच्न तथा याहँसम्म कि उनीहरूसंग यात्रा गर्न समेत रोक लगाएका थिए ।
सूत्रहरूका अनुसार क्रूज (५०) ले होम्स माथि उनी यात्रा गर्दा सधै उनको निजी जेटको प्रयोग गर्न भन्दथे, ताकि उनका मानिसहरूले अभिनेत्री माथि निगरानी गरिरहन सकून । होम्सले जब फिल्म थ्याङ्क यू फर स्मोकिङ विद ऐरोन एखर्ट मा काम गरेकी थिइन, त्यसपछिनै यी दुबैले एक –अर्कोसंग समय विताउन शुरू गरेका थिए ।
ब्याटम्यान बिगिङ को निर्माणका बेला नै फिल्म टप गनमा मुख्य भूमिकामा अभिनय गरेका क्रूजले होम्सलाइ उनका साथी कलाकारहरूका साथमा हवाई यात्रा गर्नमा रोक लगाएका थिए भनि सूत्रहरूले बताएका छन् । टम अभिनेत्रीका साथमा रोबोट जस्तो व्यवहार गर्दथे, टम होम्सको निजी जीवन र सार्वजनिक जीवनको प्रत्येक निर्णय आफैं लिन्थे । होम्स (३३) ले क्रूजसंग छुट्टिनका लागि सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन् ।
उनीहरू दुबैको सूरी नाम गरेकी एक छोरी पनि रहेकी छन् ।

