You Are Here: Home » Feature post » गेलमेच सम्मेलन गरौं— गुरुङ

गेलमेच सम्मेलन गरौं— गुरुङ

गेलमेच सम्मेलन गरौं— गुरुङ



गोपाल काफ्ले
बिर्तामोड, ३० असार । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले बाह्य शक्ति हाबी भएकै कारण संविधानसभाले संविधान दिन नसकी विघटन हुनु परेको दावी गरेका छन् ।
शनिबार बिर्तामोडमा नेकपा—माओवादीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक दलका नेताहरुको कारण बाह्य शक्ति हावी भएको र संविधानसभा पनि तुहिएको बताए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकार बनेदेखि नै राष्ट्रघाती र असम्वैधानिक सन्धी सम्झौताहरु हुँदै आएको आरोप लगाउँदै गुरुङले थपे– भारतसँग गरेको विप्पा सम्झौता, विमानस्थल सुधार आयोजनाजस्ता सम्झौताले वर्तमान सरकार राष्ट्रघाती भएको पुष्टी गरेको छ । संविधानसभाको विघटनसँगै भट्टराई सरकारको आयू सकिएको भन्दै उनले राष्ट्रिय सहमति बनाउन उनले कुर्सी छाडेर सहकार्यको प्रस्ताव अघि सार्नु पर्दछ भन्ने धारणा ब्यक्त गरे ।
मुलुकको अन्यौलग्रस्त राजनीतिलाई निकास दिन सर्वदलीय, सर्वपक्षीय गोलमेच सम्मेलन गरी साझा धारणा बनाएर अघि बढ्नु पर्ने वा के गर्दा राष्ट्रिय सहमति बन्छ र वर्तमानको राजनीतिक अन्यौल हट्छ त्यतातर्फ ध्यान केन्द्रित गनुपर्नेमा उनले जोड दिए ।
यसैबीच एकीकृत नेकपा माओवादीको साउन १ गतेदेखि काठमाडौंमा हुने विस्तारित बैठकमा सहभागी हुनेहरुको नामावलि तयार गर्न जिल्ला नेतृत्वलाई अप्ठेरो परेको थाहा भएको छ । पार्टी स्रोतका अनुसार वैध समूहले अर्को पार्टी बनाएपछि त्यता लागेका राज्य समिति र सोभन्दा माथिको पदका नेताहरुका ठाउँमा नयाँ नियुक्ति नगरिएकोले यस्तो समस्या परेको हो । पहुँचवाला नेताले विस्तारित बैठकमा सहभागी हुन अस्ती नै केन्द्रमा नाम लेखाई सकेकाले जिल्ला नेतृत्व क–कसलाई बैठकमा प्रतिनिधित्व गराउने भन्नेमा अप्ठेरोमा परेको हो ।


Scroll to top