प्रधानमन्त्रीद्वारा मंगलबार सर्वदलीय बैठक आव्हान
काठमाडौ, असार २५, मुलुकमा राष्ट्रिय सहमति, सहकार्य र एकताको लागि विभिन्न प्रयास गर्दै आउनुभएका प्रधानमन्त्री डा. बावुराम भट्टराईले पूर्व संविधानसभामा प्रतिनिधत्व गर्ने सबै राजनीतिक दलहरु सँग छलफल गर्नको निम्ति बैठक बोलाउनु भएको छ ।
यो सर्वदलीय बैठकमा देशको आगामी बजेट, निर्वाचन र मुलुकलाई राजनीतिक निकास दिनका लागी राष्ट्रिय समझदारी कायम गर्नका लागि छलफल हुने बताइएको छ । उक्त बैठक भोलि मंगलवार विहान ८ बजे प्रधानमन्त्रीको कार्यलय, सिंहदरवारमा वस्ने बताइएको छ ।


