स्कारलेट हलीउडकी सबैभन्दा महंगी अभिनेत्री !
लण्डन, असार २५, हलीउड अभिनेत्री स्कारलेट जोन्सनलाई नयाँ फिल्म एभेन्जर्स-२ मा काम गर्नका लागी पारिश्रमिक स्वरूप १.३ करोड पाउण्डको राशि प्रश्ताव गरिएको छ । यो रकम अहिलेसम्म कुनैपनि अभिनेत्रीलाइ दिइएको सबैभन्दा ठुलो रकम हो ।
सूत्रहरूका अनुसार स्कारलेटलाइ सुपरहीरो फिल्मको नयाँ संस्करणमा पुनः ल्याउनका लागि यो प्रलोभन दिइएको हो । यदी स्कारलेटले यो प्रस्ताव स्वीकार गरिन भने उनले हलिउडकी अर्की अभिनेत्री एन्जेलिना जोलीको रिकार्ड समेत तोडनेछिन् । एन्जेलिना जोलीले फिल्म ‘द टूरिस्ट’ का लागि १.२२ करोड पाउण्ड पारिश्रमिक दिइएको थियो ।
एभेन्जरबाट ९३.६ करोड पाउण्ड कमाई गरेपछि यसका निर्माता, स्कारलेटलाइ यस फिल्मको अर्को संस्करणमा ल्याउन चाहन्छन् । एक अर्को सूत्रका अनुसार, स्कारलेट हलीउडकी सबैभन्दा राम्री अभिनेत्री हुन् र उनी फिल्ममा हुनु पनि आबश्यक छ । फिल्म निर्माताहरूका अनुसार फिल्मको यस एकमात्र महिला कलाकारलाइ प्रशंसकहरू फिल्मको सबैभन्दा महत्वपूर्ण भाग मान्दछन् । उनलाई हरेक आलोचकहरू पनि मन पराउँदछन् ।

