पूर्वाञ्चलमा पहिलोपटक शैक्षिक मेला
काठमाडौं साउन ११/ पूर्वाञ्चलमा पहिलोपटक झापाको विर्तामोडमा शैक्षिक मेला आयोजना हुने भएको छ । बोस्टन एजुकेशन सेन्टर तथा ब्राइट फ्युचर इन्टिच्युटको आयोजनामा सो मेला आयोजना हुन लागेको हो ।
विर्तामोडको अतिथीसदन हलमा यही श्रावण १९ र २० गते सो मेला आयोजना हुने ब्राइट फ्युचर इष्टिच्युटका प्रवन्ध निर्देशक किरण खनालले मिडिया एनपीलाई जानकारी दिए ।
सो मेलामा नेपाल र भारत गरी १५ भन्दा बढी कलेजहरुको सहभागिता रहनेछ । मेलामा विशेषगरी शैक्षिक गतिविधीहरुलाई प्रमुख प्राथमिकता दिने आयोजकको भनाई रहको छ । स्टार्फ नर्स, फामेर्सी, वि.इ, वि.वि.ए विआइटी, लगायतका विषयहरु भारतको बैंगलोर तथा नेपालका विभिन्न कलेजहरुमा पढनको लागि विर्तामाडबाटै भर्ना गरिने प्रवन्ध समेत मिल्याएको छ । शैक्षिक मेलामा सहभागी विद्यार्थीहरुले बैंगलोर अध्ययनका लागि सम्पूर्ण जानकारीहरु प्राप्त गर्नेछन् । बोस्टन एजुकेसन सेन्टरका सञ्चालक सुमन शर्मा भन्छन् । नेपालीहरुको जीवनस्तर हेरी सत्प्रतिशत सम्मको छुटको व्यवस्था तथा विद्यार्थीहरुले भर्ना गर्न नयाँ ठाउँमा जानको लागि समुचित व्यवस्थापन गरेका छौं ।
विआइएमएस लर्ड बौद्ध एकेडेमी र प्रयास नेपालको सहयोगमा सम्पन्न हुन लागेको शैक्षिक मेलाको मिडिया पाटर्नर पूर्वाञ्चल दैनिक, मेची ट्युन्स एफएम, प्रतिदिन दैनिक, कञ्चनजंघा एफ एम र हिशिखर टेलिभिजन रहेका छन् भने वेव पार्टनरको रुपमा मिडियाएनपी डटकम रहेको छ ।
मेलामा पूर्वाञ्चलका एक लाख भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी छ ।

