You Are Here: Home » Feature post » ट्वीट गर्दै रातो ग्रहका बारेमा बताउँदैछ क्यूरोसिटी रोवर

ट्वीट गर्दै रातो ग्रहका बारेमा बताउँदैछ क्यूरोसिटी रोवर

ट्वीट गर्दै रातो ग्रहका बारेमा बताउँदैछ क्यूरोसिटी रोवर



काठमाडौं, भाद्र ३, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा मंगल ग्रहमा जीवनको बारेमा खोजी गर्नका लागि पठाएको अत्याधुनिक ‘क्यूरोसिटी’ रोवर ले उक्त ‘रातो ग्रह’ मा आफुले गरेको दिनचर्याका बारेमा ट्वीट गर्दै, नयाँ नयाँ फोटो र भिडियो अपलोड गर्दै जानकारी दिइरहेको छ ।

‘क्यूरोसिटी’ माइक्रो ब्लागिङ वेबसाइट ट्विटरमा दिनानुदिन निकै लोकप्रिय हुँदैछ । अहिले यसका १० लाख भन्दा धेरै फालोवरहरू रहेका छन् । अहिले समम १२२९ ट्वीट गरेको यस ‘क्यूरोसिटी’ ले १५२ जना र संगठनहरूलाइ ‘फालो’ गरेको छ ।

‘क्यूरोसिटी’ हिजो आफ्नो एक ट्वीटमा आफ्ना प्रशंसकहरूलाइ भनेको छ, ‘मेरो सबै उपकरणहरूले सामान्य तरीकाले काम गरिरहेका छन्।’ यसका साथै यसले कयौं फोटोहरू समेत सार्वजनिक गरेको छ । जसमा मंगलका चट्टानहरू आदि देखाइएको छ ।

गत ६ अगष्टमा मंगल ग्रहको जमिनमा अवतरण गरेपछि क्यूरोसिटीले ट्वीट गरेको थियो, ‘म सुरक्षित तरीकाले मंगल ग्रहको जमिनमा अवतरण गरेको छु । म क्रेटर (अवतरण गरेको स्थान) भित्र छु ।’ क्यूरोसिटीले एक भिडियो पनि पोस्ट गरेको छ । जसमा अवतरण गरेपछि मंगल ग्रहको सतहमा उडेको धूलो देखिएको थियो ।

स्मरणीय छ, गत ५ अगष्टमा मंगलको भूमीमा अवतरण गरेको रोवर ‘क्यूरोसिटी’ अबको दुइ बर्ष सम्म यस ग्रहमा बसेर अध्ययन गर्नेछ । यसले यहाँ कुनै समयमा जिवन थियो या थिएन भन्ने कुराको अध्ययन गर्नेछ । करीब अढाई अरब अमेरिकी डलरको लागतमा बनेको क्यूरोसिटी ‘रोवर’ एक प्रकारको विशेष स्वचालित यन्त्र वाहन हो ।

-एजेन्सी


Scroll to top