पाकिस्तानका चार शहरहरूमा मोबाइल सेवा बन्द
इस्लामाबाद, भाद्र ४, पाकिस्तानको लाहोर र कराची सहित चार प्रमुख शहरहरूमा मोबाइल फोनको प्रयोग गरेर आतंकवादिहरूले बम विस्फोटन गर्ने आशंकामा त्यसलाइ रोक्नको लागी सरकारले मोबाइल सेवाहरूमाथि रोक लगाएको छ ।
पाकिस्तानका गृहमन्त्री रहमान मलिकले बताए अनुसार लाहोर, मुल्तान, कराची र क्वेटामा लाखौं मानिसहरूले गए राती आठ बजेपछि आफ्नो फोन प्रयोग गर्न पाएनन् । किनभने त्याहाँ गृह मन्त्रालयका निर्देशन दिएकाले धेरैजसो क्षेत्रमा मोबाइल अपरेटरहरूले मोबाइल सेवाहरूमाथि रोक लगाएका थिए ।
मलिकले इस्लामाबादमा राती एक बाजारमा सुरक्षा स्थितिको निरीक्षणका क्रममा सम्वाददाताहरूसंग भने हामीले मोबाइल फोनको प्रयोग गरेर बम विस्फोटन गर्नसक्ने घटनाहरूलाइ रोक्नका लागी यसो गर्नुपरेको हो । उनले मोबाइन फोन सेवा केही समयका लागी बन्द गरिएको र इदको शुभकामना व्यक्त गर्नका लागी मानिसहरूले तुरून्तै यो सेवाहरू प्रयोग गर्न पाउँनेछन् । सोमबार विहान ७ बजे देखि १० बजे नमाजका क्रममा पनि सम्भावित आतंकवादी हमलाहरूलाइ रोक्नका लागी सम्पूर्ण सेवाहरू बन्द गरिएका थिए ।

