You Are Here: Home » Feature post » मुस्लिम समुदायले आज ईदुल फित्र पर्व मनाउदै

मुस्लिम समुदायले आज ईदुल फित्र पर्व मनाउदै

मुस्लिम समुदायले आज ईदुल फित्र पर्व मनाउदै



काठमाडौं, भाद्र ४, इस्लाम धर्मालम्बीहरुले आज आफ्नो महत्वपूर्ण चाड ईदउलफित्र पर्व मनाउँदैछन् । आत्म संयम र शुद्धिका लागि एक महिनासम्म बसेको व्रत सकिएको भोलिपल्ट अर्थात आज इदउलफित्र मनाउन लागिएको हो । रमजानको एक महिनाको व्रत हिजो साँझ चन्द्रमा हेरेपछि सकिएको हो ।

यस पर्वका दिन मुसलमान समुदायका मानिसहरूले बिहानै देखि नुहाई धुवाइ सफा लुगा लगाएर ईदगाह, मस्जिद वा खुला मैदानमा भेला भएर सामूहिकरुपमा प्रार्थना गर्ने र एक आपसमा अङ्गालो हाली ईदको बधाई तथा शुभकामना आदानप्रदान गर्ने गर्दछन । रमजानलाई दान गर्ने समयको रुपमा लिइने भएकोले गरिब तथा असाहयलाई दान दिने तथा सेवैया, दुध र चिनी मिसाइएको गुलियो परिकार प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ । ईदको अवसर पारेर नेपाल सरकारले  आज सार्वजनिक विदा समेत दिएको छ ।

यस पर्वको उपलक्षयमा राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री  डाक्टर बाबुराम भट्टराई लगायतले  ईदको अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिनु भएको छ ।


Scroll to top